काठमाण्डौ, १४ साउन– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
आज (आइतबार) प्रधानमन्त्रीको सरकारी निवाश बालुवाटारमा भएको भेटवार्तामा संसदको अवरो हटाउने बारेका छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।
प्रचण्डका प्रेस संयोजक सुर्यकिरणले भने, ‘दुई नेताबीच भेटवार्ता भएपनि के विषयमा कुराकानी भयो भन्ने जानकारी भएन । स्रोतका अनुसार दुई नेताबीच संसदको अवरोध हटाउनेबारे कुराकानी भएको बुझिएको छ ।
एमालेले सय क्विन्टल तस्करीको सुनबारे सरकारले जवाफ दिनुपर्ने भन्दै संसद अवरोध गर्दै आएको छ ।गत बुधबारको प्रतिनिधिसभा बैठक एमालेले अवरोध गरेको थियो । प्रतिनिधि सभाको अर्को बैठक सोमबारलाई तय भएको छ ।
सोमबार पनि एमालेले बैठक अवरुद्ध गर्ने भएपछि प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओलीसँग वार्ता गरेका हुन् । तर उनीहरुबीचको संवादपछि पनि अवरुद्ध संसद खुल्ने नखुल्नेबारे नेताहरुले प्रस्ट बताइसकेका छैनन् ।
