नेराकसं फुटसल टिमले स्थानिय कर्मचारी (ख) लाई हराउदै सेमिफाइनलमा प्रवेश

१३ श्रावण २०८०, शनिबार १८:४६

काठमाडौं, १३ साउन– नेपाल राष्ट्रिय कर्मचारी संगठन (नेराकसं) फुटसल टिमले स्थानिय कर्मचारी (ख) लाई हराउदै
सेमिफाइनलमा प्रवेश गरेको छ ।

नेपाल निजामती कर्मचारी संगठन द्वारा आयोजित सहिद मनोज–झपेन्द्र–सुरेन्द्र स्मृति दिवस –२०८०को सन्दर्भमा अन्तर ट्रेड युनियन–अन्तर घटक फुटसल प्रतियोगिताको क्वाटरफाइनलको खेलमा नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती फुटसल टिमले स्थानीय कर्मचारी (ख) फुटसल टिमलाई ० को विरुद्ध ८ गोल बर्साउदै सेमिफाइनलमा प्रवेश गरेको हो ।

क्वाटरफाइनलको खेलमा नेराकसं टिम फर्वाड खेलाडी जर्सी नम्बर ७ का उमंगराज डोटेलले ४ गोल, लवज थापा २ गोल , पोसण केसि र इस्वर बर्सिलाले १–१ गोल गरेका थिए । सेमिफानलको खेल आयोजक नेपाल निजामती कर्मचारी संगठन बि टिम संग भोलि खेल हुने भएको छ ।

सर्वाधिक गोलकर्ता उमंगराज डोटेल