चन्द्रागिरिमा गाडी दुर्घटना,दुई जनाको मृत्यु

१२ श्रावण २०८०, शुक्रबार १६:१८

काठमाण्डौ, १२ साउन– काठमाण्डौँको चन्द्रागिरि ४ को पानीघाटमाथि मारूती भेन दुर्घटना हुँदा दुई जनाको मुत्यु भएको छ । मृत्यु हुनेमा भेन चालक २० वर्षीय नवराज ठोकर तामाङ र ४५ वर्षीय अनिल तामाङ रहेका छन ।

आज (शुक्रबार) भएको उक्त दुर्घटनामा उनीहरुको मृत्यु भएको प्रहरीले बताएको छ । उनीहरुको घटना स्थलमै मृत्यु भएको प्रहरी परिसर काठमाडौँका डीएसपी अनिल अधिकारीले जानकारी दिएका छन ।

वा१०च ३५४६ नम्बरको गाडी दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको डीएसपी अधिकारीले जानकारी दिएका छन ।