बालेनको निर्णय मान्नेलाई सास्ती नमान्नेलाई मस्ती !

१२ श्रावण २०८०, शुक्रबार १३:०६


काठमाण्डौ, १२ साउन– हिजो बिहीबार साँझ पौने ७ बजे बाजुरा–अत्तरिया–काठमाडौँ चल्ने एउटा बस काठमाण्डौका गोंगबुस्थित नयाँ बसपार्कभित्र रोकियो ।

उक्त बसबाट उत्रिएपछि यात्रुलाई सुरु भयो, गन्तव्यको अर्को तनाव । कसैलाई कलंकी जानु थियो त कसैलाई चाबहिल जानु पर्ने थियो ।

केही यात्रु त भक्तपुरसम्म जानुपर्ने थियो । पायक पर्ने ठाउँ भन्दापनि बसले काठमाडौँ महानगरपालिकाको निर्णय देखाउँदै यात्रुलाई बसपार्कमै झारिदिएपछि उनीहरुको यात्रा झन्झटिलो बन्यो ।

बस रोकिएको स्थानबाट सामानहरू ट्याक्सीसम्म लैजानका लागि बसपार्कमा निःशुल्क ट्रलीको समेत व्यवस्था थिएन । एउटा ट्रली प्रयोग गर्न १०० देखि १५० सम्म शुल्क तिर्नुपर्ने अवस्था रहेको छ ।

ट्याक्सी प्रयोग गर्न नचाहनेहरूका लागि सार्वजनिक बससम्म पुग्न थप झन्झट रहेको छ । यस्तै नियति बसपार्क भएर यात्रा गर्ने यात्रुहरुले दैनिक भोग्न बाध्य छन् ।

‘हाम्रो बसपार्क राम्रो बसपार्क’ नारा दिएर लोत्से बहुउद्देश्यीय प्रालिले बसपार्क सञ्चालन गर्दै आएपनि यात्रु भने सास्ती भोग्न बाध्य अवश्थामा रहेका छन ।

काठमाण्डौ माहानगर पलिकाका प्रमुख शाह बालेनको रुचिमा काठमाण्डौँ महानगरपालिकाले गत असार १ देखि बसपार्कको एकद्वार नीति लागू गरेको थियो ।

जसअनुसार बसपार्कबाट मात्रै उपत्यका बाहिरिने यातायातका साधन सञ्चालन गर्ने भनिएको थियो । तर, यो निर्णय पूर्ण कार्यान्वयन नहुँदा यात्रुलाई सुविधा भन्दा सास्ती बढी भोग्नु परेको छ ।

महानगरपालिकाको निर्णयअनुसार लोत्सेले बसपार्कभित्रै काउन्टर, पार्किङ र सशुल्क ट्रलीसमेत सञ्चालन गरेर रगजग गरिरहँदा महानगरपालिकाकै निर्णय भने प्रभावकारी हुन नसकेको हो ।

अहिले बसपार्कभित्र सेवा भन्दा व्यापार बढी देखिने भुक्तभोगीहरुले बताएका छन । महानगरपालिकाले गरेको निर्णय मान्नेले मानिरहेको र नमान्नेले उलङ्घन गरिरहेपनि त्यसको अनुगमन संयन्त्र त के महानगरपालिकाले नै छुट दिइरहेको छ ।

महानगरको निर्णय मान्नेहरुले बाजुरा–अत्तरिया–काठमाडौँ चल्ने बसले जस्तै अरु ठाउँमा यात्रु नझारी बसपार्कमै यात्रु उतार्ने गरेका छन् भने नमान्नेहरूले जथाभाबी यात्रु झारिरहेको अवस्था भएपनि कारबाही गर्ने कुनै संयन्त्र भने छैन ।

जसका कारण कतिपय अवस्थामा कलंकी हुँदै बसपार्क गइने भएपनि त्यहाँ यात्रुलाई ओर्लन नदिएर यातायात सञ्चालकले बसपार्कमै झारिदिने अवस्था रहेको एक यात्रुले बताए ।

‘अहिले बसवालाहरुको मनपरी जस्तै छ । महानगरपालिकाको निर्णयलाई देखाएर कसैले बसपार्कमा मात्रै भनेर अन्त रोक्न मान्दैनन् ।