काठमाडौं, १२ साउन– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली निवास बालकोटलाई संगीतमै बनाएका छन् ।
अध्यक्ष ओली विहीबार (हिजो) साँझ शास्त्रीय संगीतद्धारा आफ्नो निवासलाई संगीतमै बनाएका हुन् । उनले आयोजना गरेको सांगीतिक कार्यक्रममा शास्त्रीय संगीत र रागमा प्रसिद्ध कलाकारहरु अच्युतराम भण्डारी, परशुराम भण्डारी र सीता भण्डारी सहभागीता भएका थिए ।
यस्तै उक्त कार्यक्रममा चर्चित गायक शिशिर योगीको पनि उपस्थित रहेको थियो। शास्त्रीय संगीतका साधकहरूले ओलीलाई मेघमल्लार र सिंह भैरवी राग सुनाएका थिए ।
