नेपाल निजामती कर्मचारी संगठन द्वारा मिति २०८०/०४/१३ र १४ गते आयोजना गरिने, सहिद मनोज,झपेन्द्र र सुरेन्द्र स्मृति दिवस २०८० को सन्दर्भमा अन्तर ट्रेड युनियन – अन्तर घटक फुटसल प्रतियोगिताको लागि नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीले टिम सार्वजनिक गरेको छ ।

उक्त टिममा कप्तान: हरि वहादुर रावल र उप कप्तान : डा.केशव भट्ट रहेका छन । सो टिमको खेलाडीहरुमा पोषण निरौला, लवज थापा, उमंगराज डोटेल, पोषण केसि, वसन्त वास्तोला, स्टालिन भण्डारी, इस्वर बर्सिला र नितेश घिमिरे रहेका छन् ।
यस्तै टिम व्यवस्थापकमा नेराकसं.केन्द्रिय सचिवद्वय राजेन्द्र राना र हरिलाल सुनार रहेका छन् । टिम कोच : प्रजेश अधिकारी सहितको टिम रहेको जानकारी टिम व्यस्थापक राजेन्द्र रानाले गराएका छन ।

