काठमाण्डौ, ११ साउन– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले प्रकृतिलाई अस्वीकार गर्ने मानिस प्रकृतिविरोधी भएको दाबी गरेका छन ।
आज (बिहीबार) काठमाण्डौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले प्रकृतिलाई स्वीकार गरेर प्रकृतिसँगै खेल्न सक्नेहरु सधैं खुशी हुने बताएका छन ।
उनले धर्तीको जीवहरु प्रकृतिका फूल भएकाले सबै जना प्रकृतिमा खुशी हुन सक्नुपर्ने बताएका छन । प्रकृतिको विरोध गरी प्रकृति मास्नेहरु समाजविरोधी भएको उनले बताएका छन ।
मन्त्री किराँतीले प्रकृतिलाई स्वीकार्न नसक्ने मानिसलाई बुद्धिजीवि भन्न नसकिने बताएका छन ।
