कोशीमा अर्को सरकार गठन प्रक्रिया सुरु गर्न सर्वोच्चको आदेश

११ श्रावण २०८०, बिहीबार १६:२४

काठमाण्डौ, ११ साउन– कोशी प्रदेशमा सर्वोच्च अदालतले नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न आदेश दिएको छ । कोशी प्रदेशका सभामुख बाबुराम गैतकको समर्थन असंवैधनिक भएको ठहर गर्दै सर्वोच्चले त्यसका आधारमा भएको मुख्यमन्त्री उद्धव थापाको नियुक्त सर्वोच्चले आज बिहिबार बदर गरेको थियो ।

साथै ७ दिनभित्र बहुमत पाउने दललाई मुख्यमन्त्री बनाउन आदेश दिएको छ । नभए अर्को उपधारामा जान भनिएको छ । अर्थात अब फेरि संविधानको धारा १६८ ९२० अनुसार सरकार गठनको प्रयास हुनेछ । ९३ सदस्यीय प्रदेशसभामा बहुमत जुटाउन सक्ने दलले सरकार बनाउने छ ।

कुनै पनि दलले बहुमत जुटाउन नसके १६८ ९३० अनुसार प्रदेशसभाको सबभन्दा ठूलो दल एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री बन्नेछन् ।