काठमाडौं, ११ साउन – रेडी ट्रेडर्स प्रालिको गोदामबाट बरामद गरिएको ब्रेक शुमा पनि सुन नै फेला परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
सय किलो अवैध सुन तस्करी प्रकणमा संलग्न रेडी ट्रेडर्स प्रालिको गोदामबाट बरामद गरिएको ब्रेक शुमा पनि सुन नै फेला परेको राजस्व अनुसन्धान विभागले जनाएको छ । काठमाडौंको सोह्रखुट्टेस्थित एक घरमा राजस्व अनुसन्धान विभागले छापा मारेको थियो।
घरमा छापा मार्ने क्रममा ६६ कार्टुद्द ‘ब्रेक शु’ बरामद भएको थियो। राजस्वले बरामद गरेको ६६ कार्टुन ब्रेक शुमध्ये आधाबाट सुन निकालिएको अवस्थामा फेला परेको हो।
विभागले बरामद गरेको ब्रेक शु ११ सय ६२ थान बरामद भएको खुलेको छ। जसमध्ये प्रारम्भिक परिक्षणमा आधाभन्दा धेरै ब्रेक शुबाट तस्करले सुन झिकिसकेको पाइएको स्रोतले जनाएको छ।
यस्तै सुन तस्करीमा संलग्न रेडी ट्रेडर्स प्रालिले पछिल्लो २ महिनाभित्र आयात गरेका सबै ब्रेक शुमा सुन नै भएको पुष्टि भएको छ।
