ठाकुर गैरेको प्रश्न– गृहमन्त्री र अर्थमन्त्री नैतिकरुपले पदमा बस्न मिल्छ?

१० श्रावण २०८०, बुधबार १७:४७

काठमाण्डौ, १० साउन– प्रमुख प्रतिपक्ष दल एमालेका सांसद ठाकुर गैरेले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महत नैतिक रुपले पदमा बस्न नमिल्ने बताएका छन ।

आज (बुधबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन । गैरेले आफूलाई गृहमन्त्री र अर्थमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिने आशा रहेको पनि बताएका छन ।

उनले भने, ‘मलाई त आशा थियो, गृहमन्त्रीले मेरो मातहतको कार्यालयले यो सुन जहाँबाट पक्रिनुपर्थ्यो। पक्रिन सकेन। त्यसकारणले यसको छानबिन नहुञ्जेलसम्म म गृहमन्त्रीको पदबाट बाहिर बस्छु भनेर गृहमन्त्रीले भन्नुहुनेछ।

मलाई त आशा थियो, अर्थमन्त्रीले मेरो मातहतको कार्यालयले यो सुन पक्रिन सकेन। त्यसकारणले यसको छानबिन नहुञ्जेलसम्म अर्थमन्त्रीबाट बाहिर बस्छु’, ।

उनले दुवै मन्त्रीले नैतिक रुपमा आफूहरु पदमा बस्न मिल्दैन भनेर उनीहरु स्वयंले भन्ने आशा आफ्नो रहेको उनले दोहोर्यााएका छन । उनले भने, ‘म प्रश्न गर्न चाहन्छु, के नैतिक रुपले उहाँहरु यो पदमा बसिरहन मिल्छरु नैतिक रुपले गृहमन्त्री अर्थमन्त्री भइरहन मिल्छ?’ ।