काठमाण्डौ, १० साउन– पछिल्लो समय धरानमा डेंगुका कारण ७ जनाको मृत्यु भएको छ । जेठ महिना देखि धरानमा डेंगु फैलिएकोमा हाल सम्म ७ जनाको मृत्यु भएको छ ।
३ हजार ५ सय ३२ जना डेंगु परीक्षण गर्दा २ हजार ६६ जनामा डेङगु सङ्क्रमण देखिएको धरान उपमहानगरपालिकाका स्वास्थ्य प्रमुख उमेश मेहताले जानकारी दिएका छन ।
यो कुल सङ्ख्या मध्ये ५८ प्रतिशत हो । उपमहानगरपालिकाले डेंगी नियन्त्रणका लागि भन्दै सर्च एण्ड डिस्ट्रोयलाई नै प्रभावकारी उपायाको रुपमा लिएर काम अगाडि बढाइरहेको उनले बताएका छन ।
धरानका प्रमुख हर्क साम्पाङ, उपप्रमुख आइन्द्र विक्रम बेघा, स्वास्थ्यकर्मीसहितको टोलीले धरानको ११, १५ र १६ नम्बर वडामा खोज र नष्ट गर ‘सर्च एण्ड डिस्ट्रोए’ अभियान नै चलाएका छन । धरानको ११, १५, १७ र १८ नम्बर वडा बढी प्रभावित देखिएको छ ।
