बानेश्वरबाट १७ जना लघुवित्त पीडित पक्राउ

१० श्रावण २०८०, बुधबार १४:४८

काठमाण्डौ, १० साउन– प्रहरीले काठमाण्डौँको नयाँ बानेश्वरमा विरोध प्रदर्शन गर्ने १७ जना लाई पक्राउ गरेको छ । लघुवित्त पीडित र प्रहरीबीच धकेलाधकेल भएको थियो र प्रर्दशनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले लघुवित्त पीडितहरुलाई पक्राउ गरेको हो ।

निषेधित क्षेत्र तोड्न खोज्ने १७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका डिएसपी अनिल अधिकारीले जानकारी दिएका छन ।

पीडितहरुले ‘लघुवित्त संस्थाविरुद्धको संघर्ष समिति’ गठन गरेर प्रदर्शन गर्दै आएका छन् । उनीहरुले लघुवित्त संस्था खारेज गर्नुपर्ने लगायतका ५ बुँदे माग राखेका छन् ।

पक्राउ परेकाहरुलाई भृकुटी मण्डपस्थित नगर प्रहरीको कार्यालयमा राखिएको प्रहरीले बताएको छ ।