अणुबम बनाउने यी वैज्ञानिक जो गीताबाट निकै प्रभावित थिए

१० श्रावण २०८०, बुधबार १४:१९


काठमाण्डौ, १० साउन– क्रिस्टोफर नोलनद्वारा निर्देशित चलचित्र ओपनहाइमरुको संसारभरि सकारात्मक चर्चा कमाइ रहेको छ ।

अणुबमका आविष्कारकूको जीवनी देखाउने यो चलचित्र भारतमा पनि सफल भएको छ। यद्यपि चलचित्रमा ती वैज्ञानिकले सम्भोग गरेलगत्तै हिन्दूधर्मको सबैभन्दा पवित्र ग्रन्थमध्ये एक भगवद्गीता पढेको दृश्यको भने केहीले यसको विरोध गरेका छन ।

ओपनहाइमरले प्राचीन संस्कृत भाषा सिकेका थिए र उक्त ग्रन्थ उनलाई मन पर्ने पुस्तकहरूमध्ये रहेको बताा थिए । दल सन् १९४५ को जुलाईमा न्यूमेक्सिकोको मरुभूमिमा पहिलो पटक अणुबम विस्फोट हुनुभन्दा दुई दिनअघि रोबर्ट ओपनहाइमरले भगवद्गीताको एउटा श्लोक वाचन गरेका थिए।

भौतिकशास्त्री ओपनहाइमरले बर्क्लीमा शिक्षण गर्दा उनले प्राचीन संस्कृत भाषा र पछि गीताबारे जानकारी लिने अवशर पाएका थिए ।हजारौँ वर्षअघि लेखिएको गीतामा ७०० श्लोक रहेका छन ।

यो ग्रन्थ संस्कृत वाङ्मयको ठूलो महाकाव्य मानिने महाभारतको अंश पनि हो । इतिहासलाई नै परिवर्तन गर्ने एउटा घटना हुनुभन्दा केही घण्टाअघि अणुबमका आविष्कारकूले संस्कृतबाट आफैँले अङ्ग्रेजीमा अनुवाद गरेको एउटा श्लोक पढेर आफ्नो तनाव कम गरेका थिए ।