एमाले संसदीय दलको बैठक जारी

१० श्रावण २०८०, बुधबार १३:४३

काठमाण्डौ, १० साउन– प्रमुख प्रतितिपक्ष दल एमाले संसदीय दलको बैठक सुरु भएको छ । संसद भवन नयाँ बानेश्वरमा बैठक सुरु भएको हो ।

बैठकमा तस्करीको सुन प्रकरणबारे धारणा बनाउने तयारी रहेको एक नेताले जानकारी दिएका छन । एमालेले प्रतिनिधिसभा बैठकमा राजश्व अनुसन्धान विभागले समातेको झण्डै एक क्विन्टल सुनबारे गृहमन्त्रीको जवाफ माग्ने बताउँदै आएको छ ।

प्रतिनिधिसभाको बैठक १ बजेलाई बोलाइए पनि अहिलेसम्म सुरु हुन भने सकेको छैन ।