काठमाण्डौ, १० साउन– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले तस्करीको १०० किलो सुन बरामद प्रकरणमा सत्ताधारीले ‘नाङ्गो नाच’ देखाइरहेको बताएका छन ।
आज (बुधबार) संसदीय दलको बैठकमा बोल्दै ओलीले यस्तो बताएका हुन । काठमाण्डौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयको गेट बाहिरबाट बरामद भएको १०० किलो सुनको विषयलाई एमालेले सदनमा उठाउने तयारी गरेको छ।
जसबारे धारणा बनाउन बुधबार प्रतिनिधि सभा बैठक बस्नु अगाडि एमाले संसदीय दलको बैठक बसेको हो। संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन ।
उनले भने, ‘सत्ताधारीले नाङ्गो नाच नाचिरहेका छन्। जो चोर, उसैको ठूलो स्वर भनेजस्तो गरी अभिव्यक्ति आइरहेका छन्।’ साउन महिनाको पहिलो साता कम्बोडिया भ्रमणमा रहेका ओलीले स्वदेश फर्किने क्रममा सुन प्रकरणलाई लिएर गृहमन्त्री नारायणकाजी श्रेष्ठको चर्को आलोचना गरेका थिए। उनले सुन तस्करीमा संलग्नता छै, छैन भन्नेबारे गृहमन्त्रीले जवाफ दिनुपर्ने बताएका थिए।
