सर्लाहीमा राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत मृत फेला

१० श्रावण २०८०, बुधबार १२:५३


काठमाण्डौ, १० साउन– सर्लाहीको ईश्वरपुर नगरपालिका–९, खोरिया टोलमा राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत एकजना अनुसन्धान अधिकृत मृत भेटिएका छन ।

ईश्वरपुर नगरपालिका–६, बयलवास बजार निवासी २९ वर्षीय बसन्त साह फूलजोर–त्रिभुवननगर सडकखण्ड अन्तर्गत खोरिया टोल नजिकैको कल्भर्ट मुनि आज बिहान मृत फेला परेको प्रहरीले जानकारी दिएको छ ।

सोही स्थानमा उनले प्रयोग गर्ने बागमती प्रदेश ०२–०१६ प ००७१ नम्बरको मोटरसाइकल दुर्घटनाग्रस्त अवस्थामा फेला परेको पनि प्रहरीले बताएको छ ।

घटनाको प्रकृति हेर्दा साहको मोटरसाइकल दुर्घटनामा ज्यान गएको जस्तो देखिएको र विस्तृत अनुसन्धान भइरहेको सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले जानकारी दिएका छन ।

उनी ड्युटी सकेर राति घर फर्किइरहेका थिए । ,‘राति परिवारलाई फोन गरेर म राति १० बजेतिर घर आइपुग्छु पनि भन्नु भएको रहेछ ’ एसपी सुवेदीले भने, ‘तर भनेको समयमा नफर्किएपछि सोधीखोजी गर्दा आज बिहानमात्र दुर्घटनाग्रस्त अवस्थामा फेला पर्यो । ’ मुचुल्का उठाएर घटनाको थप अनुसन्धान भइरहेको एसपी सुवेदीले जानकारी दिएका छन ।