काठमाडौं, १० साउन– वरिष्ठ प्रहरी नायब निरीक्षक उज्ज्वल पौडेल मृत्यु हुनुको कारण बारे अनुसन्धान सुरु भएको छ । उनी बागलुङको वडिगाड गाउँपालिका–६ मा रहेको आशा होटलमा सोमबार राति १२ बजे मृत अवस्थामा भेटिएका थिए ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख, प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काको समूहले उक्त घटनाको बारेमा अनुसन्धान सुरु गरेको हो । घटनाको जानकारी पाएल गत्तै अनुसन्धानका लागि सदरमुकाम बागलुङ बजारदेखि हिँडेको प्रहरी टोली मङ्गलबार बिहान ११ बजे मात्रै घटनास्थल पुगेको थियो ।
‘इलाका प्रहरी कार्यालयले होटल सिल गरेर राखेको थियो, हामी आएपछि परिवार बोलाएर बाँकी अनुसन्धानको काम थालेका छौँ’, प्रहरी उपरीक्षक खड्काले भने, ‘घटनाबारे छिट्टै जानकारी बाहिर आउँछ ।’
