काठमाडौं, १० साउन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अवैध सुन प्रकरणका सन्दर्भमा संसदमा नबोल्ने बताएको छ ।
रास्वपाका प्रमुख सचेतक सन्तोष परियारका अनुसार अवैध सुन प्रकरणका सन्दर्भमा अनुसँनधान जारी रहेको र सुन प्रकरणमा यसो गरौं भन्ने केही नभएकाृे कारण संसदमा नबोल्ने नीति लिने हो ।
नेकपा एमालेले सुन प्रकरणको विषयमा नैतिक जिम्मेवारी लिएर उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा.प्रकाशशरण महतले राजीनामा दिनुपर्ने बताएको छ । यस्तै संसदमै गृह र अर्थमन्त्रीको राजीनामा माग्ने एमालेको तयारी गरीरहेको छ ।
तर, रास्वपाले अनुसन्धानमा रहेको विषयमा संसदमा मौन रहने नीति लिने भएको हो । ‘एमालेले कुनै पनि विषय उठाउन सक्छ्, उठाओस्, रास्वपा एमालेको पछि लाग्दैन्,’ प्रमुख सचेतक परियारले भने ।
