त्रिभुवन विमानस्थल भन्सार प्रमुख पोखरेल हटाइए, पाण्डेलाई जिम्मेवारी

९ श्रावण २०८०, मंगलवार १६:१२

काठमाण्डौ, ९ साउन– अर्थ मन्त्रालयले त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालयका प्रमुख अरुण पोखरेललाई जिम्मेवारीबाट हटाएको छ ।

झन्डै एक क्विन्टल सुन विमानस्थलको भन्सार जाँच पास गरेर बाहिरिएको घटनामा छानबिन गर्न पोखरेललाई उक्त जिम्मेवारीबाट अलग गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

पोखरेलको ठाउँमा सहसचिव टोकराज पाण्डेलाई पठाइएको मन्त्रालयका प्रवक्ता एवं सहसचिव धनिराम शर्माले जानकारी दिएका छन । पाण्डे आइतबारमात्रै राष्ट्रिय किताब खानाबाट अर्थमा सरुवा भएका थिए ।