अभिनेत्री श्वेता खड्काले ओलीलाई भेटेर लेखिन् यस्तो

९ श्रावण २०८०, मंगलवार १४:५४

काठमाडौं, ९ साउन– नेकपा (एमाले) अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न अभिनेत्री श्वेता खड्का परिवार सहित बालकोट पुगेकी छन् ।

अध्यक्ष ओलीलाई भेट्न छोरी ब्रिआना र पति विजयन्द्रसिंह रावतलाई लिएर उनी ओली निवास पुगेकी हुन् । भेटपछि सामाजिक सञ्जालमा तस्वीर सेयर गर्दै उनले नेता ओलीबाट आफूले आशिर्वाद लिएको पनि बताएकी छन् ।

यस्तै भेटमा अध्यक्ष ओलीले श्वेतापुत्री ब्रिआनालाई काखमा लिएर सुम्सुमाइरहेको देख्न सकिन्छ । भेटपछि सामाजिक सञ्जालमा श्वेताले गरेको पोस्टमा लेखिएको छ, ‘काम ठूलो हुन पर्दैन, जे गर्छौं प्रेमपूर्वक गर्दा, सदैव लक्ष्मीको बास हुन्छ । सम्माननीय पूर्वप्रधानमन्त्री केपी बुवा हजुरसँग पहिलो भेट ब्रिआनाको । आशिर्वाद लिंदै ।’

२०६५ सालमा रिलिज भएको ‘कहाँ भेटिएला’बाट अभिनयमा डेब्यु गरेकी श्वेताले हाँसिदेऊ एकफेर, श्रीमान श्रीमती, कोहिनुर र कान्छी फिल्ममा अभिनय गरेकी छन् । उनले निकट भविष्यमै फिल्म निर्माण गर्ने आफ्नो योजना रहेको समेत बताउने गरेकी छन् ।