माओवादी केन्द्र परित्याग मकवानपुरका नेताहरु एमालेमा प्रवेश

९ श्रावण २०८०, मंगलवार १४:१७

काठमाडौं, ९ साउन– नेकपा (माओवादी केन्द्र) पार्टी परित्याग गरी नेता तथा कार्यकताहरु एमालेमा प्रवेश गरेका छन् ।

सोमबार (हिजो) उनीहरु एमालेमा प्रवेश गरेका हुन् । मकवानपुर जिल्लाको माओबादी जिल्ला सदस्यहरू दिल दोर्जे पाख्रीन, गङ्गा भट्टराई र नारायण तिमल्सिना एमाले प्रवेश गरेका हुन् ।

उनीहरुले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कम्युनिष्ट नरहेको टोटल्ली दक्षिणपन्थी भएको निष्कर्षमा पुगेको भन्दै उनीहरु हिजो एक कार्यक्रमका बिच माओवादी पार्टी परित्याग गर्दै एमाले मा प्रवेश गरेका हुन् ।