मेरो राजीनामा माग्नुलाई अस्वाभाविक मानेको छैन: गृहमन्त्री श्रेष्ठ

९ श्रावण २०८०, मंगलवार १४:१३

काठमाण्डौ, ९ साउन– उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार विरोधी अभियानलाई रोक्ने प्रयास असफल पार्न विभिन्न कदम चालीएको बताएका छन ।

उनले भ्रष्टाचारी आफ्नै पार्टीभित्र र वर्तमान सत्ता गठबन्धनभित्र पनि हुन सक्ने भएकाले भ्रष्टाचारविरुद्धको अभियान रोक्ने प्रयास हुनु स्वाभाविक भएको बताएका छन ।

आज मंगलबार गोरखामा आयोजित पत्रकार भेटघाटमा मन्त्री श्रेष्ठले यस्तो बताएका हन । उनले भ्रष्टाचार विरोधी अभियान रोक्ने प्रयास असफल बनाउने र समृद्धिको लक्ष्य हासिल गर्ने पनि बताएका छन ।

त्रिभुवन विमानस्थल भन्सारबाट बाहिरिएको सुन प्रकरणलाई लिएर सत्ता गठबन्धनकै केही नेताहरुले गृहमन्त्रीको राजीनामा मागेकोबारे पत्रकारहरुले मागेको प्रतिक्रियामा मन्त्री श्रेष्ठले आफूले त्यसलाई अस्वाभाविक रुपमा नलिएको बताएका छन ।

उनले भने, ‘यो समाजमा त्यत्रो ठूलो समस्या छ र त हामी चाहिँ जबरजस्त भ्रष्टाचार विरोधी अनियमितता विरोधी अभियान चलाइराख्या छौं ।

विभिन्न ढंगबाट यो भ्रष्टाचार विरोधी अभियान रोक्न प्रयास हुनु स्वाभाविक छ, तर त्यो प्रयत्नलाई हामी असफल पार्छौं, समृद्धिको लक्ष्य हासिल गर्न यो सरकार प्रतिबद्ध छ ।’

गठबन्धन भित्रैबाट प्रयास भएको हो ? भन्ने पत्रकारको जिज्ञासामा उनले भने, ‘हुनसक्छ । हाम्रो पार्टी नै शुद्ध हुन्छ भन्ने छैन ।

नेपाली कांग्रेससहितको हाम्रो गठबन्धन शुद्ध छ रु भन्न त सकिन्न नि ? तर मूलभूत रुपमा सम्माननीय प्रधानमन्त्रीको नेतृत्वमा यो समीकरणको सरकार भ्रष्टाचार विरुद्ध र सुशासनको अभियान अगाडि बढाउन र समृद्धिको लक्ष्य हासिल गर्न प्रतिबद्ध छ ।’

उनले हालै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट बाहिरिएको सुन प्रकरणको अनुसन्धान नरोकिएको जारी रहेको बताएका छन ।

उनले अनुसन्धानको क्रममा तथ्य प्रमाणको आधारमा जो संलग्न देखिए पनि कारबाहीको दायरामा ल्याउने बताएका छन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपास भएर बाहिरिएको करिब एक क्विन्टल सुन गत बुधबार राजश्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेको थियो ।

यो घटनालाई सरकारले गम्भीर र संवेदनशील रुपमा लिएको मन्त्री श्रेष्ठले बताए । त्यसकारण सबै विमानस्थलको व्यवस्थापन नयाँ ढंगले गर्