काठमाण्डौ, ९ साउन– पूर्व प्रधानमन्त्री उव्ं एमाले अध्यक्ष केपी ओलीले सय किलो सुन तस्करी प्रकरणमा आफूलाई मुछेकामा नयाँ पत्रिका दैनिकमाथि गम्भीर आरोप लगाएका छन् ।
ओलीले उक्त पत्रिकालाई ‘माओवादी’ द्वारा सञ्चालित भएको आरोपसमेत लगाए । कम्बोडिया भ्रमणबाट गएराति स्वदेश फर्किएका ओलीले अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो आरोप लगाएका हुन ।
उनले नयाँ पत्रिकामा आफ्नाबारे प्रकाशित समाचारलाई लिएर आपत्ति जनाएका छन । तस्करीको सुन पक्राउ परेपछि नयाँ पत्रिकाले व्यवसायी दीपक मलहोत्रा त्यसमा संलग्न भएको दाबीसहित समाचार छापेको थियो ।
मलहोत्रा र आफ्नो पारिवारिका तस्बिरसमेत छापिएको विषयमा ओलीले आपत्ति व्यक्त गरेका छन । उनले चेम्बर अफ कमर्सको अधिवेशनका बेला खिचिएको तस्बिरलाई अन्यथा अर्थ लगाइएको बताएका छन ।
चेम्बरको बैठकमा व्यापारी नभेटेर किसान नभेटिने उनको तर्क रहेको थियो। सुन तस्करी प्रकरणमा कोट अर्थात बालकोट ९आफूमाथि० आरोप लगाएकामा ओलीले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठप्रति रोष प्रकट गरेका छन ।
उनले भने, ‘उहाँको पत्रिका नयाँ पत्रिकाले सुरूमै बोल्नु । चेम्बर अधिवेशनमा खिचिएको फोटो । चेम्बरको मिटिङमा व्यापारी नभएर किसान हुन्छ त ?
चेम्बर, सिएनआई, एफएनसिसिआईको अधिवेशनमा व्यापारी हुन्छन् । अतः यस्ता गम्भीर विषयलाई डाइभर्ट गर्न खोजिँदैछ’, ओलीले भने । ओलीले एकातिर चिल देखाएर यता के छोप्न खोजिँदै भन्ने प्रश्नसमेत गरे ।
‘म नयाँ पत्रिका, गृहमन्त्रीजस्ताहरूलाई सोध्न चाहन्छु । के छोप्न खोजिँदै छ ? म पनि भन्न चाहन्छु अबको समयमा, कुनै वन होस्, कुनै वनका छेउछाउ होस्, कसैले पनि यस्ता काम गरेको छ भने अब छोडिनेवाला छैन ।
यो सुनकान्ड अन्तिमसम्म नपुर्याइ हामी पनि छाड्दैनौं, गृहमन्त्रीलाई थाहा होस्, तपाईंहरूले पुर्याइदिनुस् गृहमन्त्रीको कानमा ।’ वन भनेर उनले गृहमन्त्री श्रेष्ठलाई लक्षित गरेका हुन् ।
श्रेष्ठ मन्त्री हुनुअघि ललितपुरको हात्तीवन बस्थे । ओलीले प्लेन, गाडी र भरियाले सुन बोकेको देखिए पनि बोकाउने मानिस खडा नगरिएसम्म नछाड्ने चेतावनी दिएका छन ।
