कम्बोडियाको एकसाता लामो भ्रमणपछि सोमबार राति स्वदेश फर्किए ओली

९ श्रावण २०८०, मंगलवार १२:२५

काठमाडठौं, ९ साउन–नेकपा (एमाले)का अध्यक्ष एवमे पूर्वप्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन् । उनी कम्बोडियाको एकसाता लामो भ्रमणपछि (हिजो) सोमबार राति स्वदेश फर्किएका हुन् ।

ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायतका नेताहरुले स्वागत गरेका थिए । अध्यक्ष ओलीसँगै पत्नी राधिका शाक्य, उपमहासचिव विष्णु रिमाल र सचिवालयका अन्य सदस्यहरू थिए ।

निर्वाचन पर्यवेक्षणकै लागि कम्बोडिया पुगेका ओलीले श्रीलंकाका पूर्व राष्ट्रपति मैत्रीपाला सिरिसेना र नाइजेरियाका पूर्व राष्ट्रपति जोनाथन गुडलकसँग भेटवार्ता गरेका थिए । कम्बोडिया बसाइका क्रममा उनले त्यहाँका प्रधानमन्त्री सामदेक टेचो हुन सेनसँग पनि भेट गरेका थिए ।