काठमाण्डौ, ८ साउन– त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट राजस्व अनुसन्धान विभागको टोलीले साउन ४ मा ६ वटा बाकसमा सुन बरामद गरेको थियो ।
तस्करीको सुन भएको आशंकामा बरामद सामानमा सुन फेला नपरेको अनुसन्धानमा संलग्न अधिकृतहरुले जानकारी दिएका छन ।
बरामद सामान बुढानिलकण्ठस्थित ‘रेडी ट्रेड प्रालि’ र ‘दोलखा इलेक्ट्रिक’ ले कार्गोमार्फत ल्याएका थिए । ती बाकसमा दाह्री काट्ने ‘सेभर’ भटिएको र त्यहाँ सुन फेला नपरेको राजस्व अनुसन्धान विभागका एक अधिकृतले जानकारी दिएका छन ।
ती त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको करिब १ सय किलो सुन ‘रेड ट्रेड प्रालि’ ले मगाएको थियो । सोही कम्पनीको थप सामान भेटिसँगै थप अवैध सुन भएको आशंकामा विभागले सामान बरामद गरेको थियो ।
असार ३० मा हङकङकबाट क्याथे प्यासेफिकको उडानमार्फत रेडी ट्रेडले ‘ब्रेक प्याड’ भनेर ल्याएको सामानमा करिब १ सय किलो सुन भेटिएको छ ।
त्यसबारे सशस्त्र प्रहरीको सहयोगमा राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ ।
