काठमाण्डौ, ८ साउन– प्रहरीले ललिता निवास जग्गा हिनामिना प्रकरणमा काठमाण्डौको कुपण्डोलबाट थप दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सञ्जय महर्जन र सकुलानन्द महर्जन रहेका छन । उनीहरु लाई आज सोमबार पक्राउ गरीएको हो ।
उक्त जग्गा हिनामिना प्रकरणमा जोडिएर नक्कली मोही बन्दै जग्गा हडपेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) उनीहरु लाइ पक्राउ गरेको हो ।
उनीहरुलाई ललितपुरको कुपण्डोलबाट पक्राउ गरिएको सीआइबीका एसएसपी दिनेश आचार्यले जानकारी दिएका छन । यो सँगै ललिता प्रकरणमा पक्राउ पर्नेको संख्या हाल सम्म २२ पुगेको छ ।
