फेसबुकबाट माया बसेपछि बिहेको कुरो छिन्न पाकिस्तान पुगिन् भारतीय युवती

८ श्रावण २०८०, सोमबार १४:२०


काठमाण्डौ, ८ साउन– फेसबुकबाट माया बसेपछि बिहेको कुरो छिन्न भारतीय युवती पाकिस्तान पुगेकि छन ।

उनी पाकिस्तानको खैबर पख्तूनख्वा राज्यको दीर बाला जिल्लाका २९ वर्षीय नसरुल्लाको घरमा पुगेकी हुन ।

केही वर्षअघि सामाजिक सञ्जालमार्फत् उनको भारतको उत्तर प्रदेशकी एक युवतीसँग चिनजान भएको थियो।

उनीहरूको सम्बन्ध समयसँगै प्रेममा परिणत भयो। उनीहरूको सम्बन्ध यति प्रगाढ बन्यो कि हालै अञ्जु नसरुल्लाहसँग बिहे गर्ने उद्देश्यले पाकिस्तान पुगेकि हुन् ।

अहिले अञ्जु दीर बालास्थित नसरुल्लाहको घरमा बस्छिन्। उक्त जिल्लाका प्रहरी अधिकारी मोहम्मद मुश्ताकले बीबीसीसँग कुरा गर्दै अञ्जु त्यहाँ भएको जानकारी दिएका छन ।

यो जोडीको कथा हालै सार्वजनिक पाकिस्तानकी महिला सीमा हैदर र नोएडाका सचिन मीणाको ‘प्रेमकथा’सँग मिल्दोजुल्दो रहेको छ । यद्यपि अञ्जु कानुनी रूपमा भिसा लिएर पाकिस्तान गएकी हुन ।

पाकिस्तानको भिसा प्राप्त गर्नका लागि उनले दुई वर्ष कुर्नुपर्यो। पाकिस्तानी नागरिक सीमा हैदर केही साताअघि आफ्ना चार सन्तान लिएरै नेपालको बाटो हुँदै अवैध रूपमा भारत पुगेकी थिइन्।

उनको सचिन मीणासँग पब्जी खेल्ने क्रममा चिनजान भएको थियो। पछि उनीहरू प्रेममा परे । सचिन मीणा र सीमा हैदर पक्राउ परेपछि उनीहरूको प्रेमसम्बन्धबारे भारतमा ठूलो चर्चा पाएको थियो ।

पाकिस्तान र भारतका नागरिकहरूबीच हुने प्रेम र विवाह नयाँ कुरा होइन। तर दुई देशबीचको सम्बन्ध तनावपूर्ण भएकाले भारत र पाकिस्तान दुवैले एकअर्काका नागरिकलाई हतपत भिसा भने नदिने गरेको पाइन्छ ।

अञ्जुका लागि पाकिस्तानको भिसा हात पार्नु सहज भने थिएन् । अनि दीर बालासम्म पुग्नु अझ कठिन थियो। उक्त स्थान अफगानिस्तानको सीमासँग जोडिएको दुर्गम क्षेत्रमा पर्छ।

सामान्यतया भारत र पाकिस्तान दुवै देशले एकअर्काका नागरिकलाई भिसा दिए भने पनि निकै कम सहरसम्म जाने अनुमति मिल्छ ।