काठमाण्डौ, ८ साउन–अर्थमन्त्री डा. प्रकाशशरण महतले कांग्रेसको चालु केन्द्रीय समिति बैठकमा नयाँ प्रयोग भएको दाबी गरेका छन ।
उनले केन्द्रीय समिति बैठकले कांग्रेसलाई जोड्ने काम गरेको बताएका छन । आज सोमकार प्रेस युनियन रुपन्देहीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
उनल बैठकमा केन्द्रीय सदस्यले बोल्ने क्रम आज सकिने र भोलिसम्म प्रस्ताव पारित गरिने बताएका छन । उनले भने, ‘कांग्रेस बैठकमा नयाँ प्रयोग भयो।
पार्टीलाई जनतासँग जोड्ने काम भयो। प्रत्यक्ष प्रसारणबारे सकारात्मकक प्रतिक्रिया आइरहेको छ।’उनले कांग्रेसभित्र के भइरहेको छ भनेर भ्रम र अन्योल सिर्जना गर्ने प्रयास हुन्थ्यो।
तर प्रत्यक्ष प्रसारण सहितको बैठकले पार्टी भित्रको यथार्थ स्थिति स्पष्ट भएको बताएका छन । उनले भने, ‘केन्द्रीय समितिमा एकदमै सिर्जनात्मक छलफल भएको छ।
व्यक्ति होइन, पार्टीलाई केन्द्रबिन्दुमा राखेर अगाडि बढ्न सकिन्छ। र, देशको समसामयिक मुद्दालाई सम्बोधन गर्दै समयानुकुल गतिशील कसरी बनाउने र पार्टीभित्र कसरी अनुशासन कायम राख्दै बैठकले जे निष्कर्ष निकाल्छ त्यसलाई सबैले अपनत्व ग्रहण गरेर अगाडि बढ्ने बैठकमा छलफल भएको छ,’ ।
