काठमाडौं, ८ साउन – श्रीलंका पूर्वराष्ट्रपति मैत्रीपाला सिरिसेना र नाइजेरियाका पूर्वराष्ट्रपति गुडलक जोनाथनसँग नेकपा (एमाले)दका अध्यक्ष केपी शर्मा ओलीले शिष्टाचार भेट गरेका छन्।
ओली (आइतबार) हिजो कम्बोडियाको सातौं राष्ट्रिय व्यवस्थापिकाको आम निर्वाचनमा पर्यवेक्षणका लागि त्यहाँ पुगेका थिएका । ओलीले उनीहरुसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गरेको उनको सचिवालयले जनाएको छ। श्रीलंका पूर्वराष्ट्रपति सिरिसेना र नाइजेरियाका पूर्वराष्ट्रपति जोनाथन पनि निर्वाचनमा पर्यवेक्षणका लागि कम्बोडिया पुगेका हुन्।
यसअघि निर्वाचन पर्यवेक्षकका रुपमा त्यहाँ पुगेका पाकिस्तानका पूर्वप्रधानमन्त्री युसुस राजा गिलानीसँग पनि ओलीले भेटवार्ता गरेका थिए। अध्यक्ष ओलीले आज कम्बोडियामा भएको निर्वाचनमा तीन वटा मतदान केन्द्रमा पुगी पर्यवेक्षण गरेका थिए।
ओली यहि साउन २ गते निर्वाचनको पर्यवेक्षकका लागि कम्बोडिया गएका उनी आज स्वदेश फर्कने कार्यक्रम छ। उनीसहित पत्नी राधिका शाक्य, एमाले उपमहासचिव विष्णु रिमाल कम्बोडिया गएका थिए।
