बाजुरा, ८ साउन– बाजुरा सदरमुकाम मार्तडीको अनाई खोलाको बाढीले ट्याक्टरसहित बगाउँदा चालक बेपत्ता भएका छन ।
बेपत्ता हुनेमा ट्याक्टरका चालक कैलालीको जोशीपुर९६ का डुबनारायण चौधरी रहेको प्रहरीले बताएको छ । बाढीले बगाउँदा से–२त ३२२५ नम्बरको ट्याक्टरका चालक चौधरी बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
उनको खोजीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत खटिएका जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
घटना गएराति ११ बजेतिरको हो । बाढी आएको खोला तर्ने क्रममा ट्याक्टर पल्टिएको थियो । त्यसपछि चौधरी बेपत्ता भएका हुन् ।
