जे होस् यो तस्वीर मलाई मन पर्‍यो : मेयर हर्क साम्पाङ

८ श्रावण २०८०, सोमबार ११:४८

काठमाडौं, ८ साउन– धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको अहिले विवादमा तानिका छन् । यस्तै उनको सामाजिक सञ्जालहरुमा निकै विरोध पनि भइरहेको छ ।

मेयर साम्पाङको विरोध र विवाद हुनुको कारण धरान १४ विजयपुरस्थित गोपाल मन्दिर नजिकै चर्च बनाइएको विषयमा साम्पाङ विवादमा मुछिएका हुन्।
यही विषयलाई लिएर उनलाई सामाजिक सञ्जालहरुमा उनको विरोधहरुले गाली खगलोज गरिरहेका छन् ।

उनलाई गाली गलोज गर्नेहरु विशेष गरी हिन्दुधर्मलम्वीहरु रहेको पाएको छ । यस्तै उनले सोमबार (आज) सामाजिक सञ्जाल फेसबुकमा बौद्ध, मुश्लिम, क्रिश्चन र हिन्दु धर्मको पहिरनको फोटो पोष्ट गदै लेखेका छन् । “जे होस् यो तस्वीर मलाई मन पर्‍यो ! ”