मसँग प्रशस्त बैंक ब्यालेन्स छ, रोगले थालिएको यो अवस्थामा त्यो पैसाको कुनै काम आएको छैन: क्रिस्डा रोड्रिग्वेज

८ श्रावण २०८०, सोमबार ११:२०

काठमाडौं, ८ साउन– बिश्वकी प्रख्यात फेशन डिजाइनर तथा लेखक क्रिस्डा रोड्रिग्वेजले लेखेको एउटा लेख अहिले सामाजिक सञ्जालमा निकै भारल बनेको छ ।

उनको सन् २०१८ मा पेटको क्यान्सरको कारण निधन भएको थियो । उनको जन्म सन् १९७८ अगस्ट १८ मा डोमिनिकन रिप्वलिक भन्ने ठाँउमा भएको थियो ।

क्रिस्डा रोड्रिग्वेजले लेख लेख्दै गर्दा उनी प्राण घातक क्यान्सर रोगको उपचारार्थ अस्पतालको बेडमा थिइन्। उनलाई आफ्नो मृत्युको आभास भैसकेको थियो। तब उनले आफ्नो सँस्मरणमा लेख्छिन्ः
१. मसँग, मेरो ग्यारेजमा, संसारकै महंगो मध्येको कार थन्किएको छ। तर म भने ह्विलचेयरमा अस्पतालको रुममा यताउता गराइएकी हुन्छु।
२. मेरो घर मूल्यवान् कपडा, गहना, जुत्ता आदिले भरिभराउ छ, तर म भने अस्पतालले उपलब्ध गराएको सामान्य कपडाको एउटा गाउनमा लपेटिएकी छु।
३. मसँग प्रशस्त बैंक ब्यालेन्स छ। रोगले थालिएको यो अवस्थामा त्यो पैसाको कुनै काम आएको छैन।
४. मेरो घर कुनै सुविधा सम्पन्न पाँचतारे होटल भन्दा कम छैन। तर, म अस्पतालको दुइवटा साना रुमको क्षेत्रभित्र सीमित भएर करिब करिब जीवनको अन्तिम श्वास फेरिरहेकी छु।
५.एउटा शहरको पाँचतारे होटलबाट अर्को शहरको पाँचतारे होटलमा मिटिंग एवं लन्च(डिनरको लागि ओहोरदोहोर गर्ने म, यतिखेर अस्पतालको एउटा ल्याबबाट अर्को ल्याबसम्म नर्स र सहयोगीको सहारामा ओहोरदोहोर गराइएकी हुन्छु।
६. जीवनमा मैले सयौँ शुभचिन्तक, प्रशंसक वा मानिसलाई सिग्नेचर दिएँ, तर आज डाक्टरको प्रेश्कृप्शन र अस्पतालको रेकर्ड नै मेरो लागि सिग्नेचर भएको छ।
७. मेरो कपाल मिलाउनका लागि मात्र मसँग ७ जना बार्बर कार्यरत थिए। तर, आज मेरो टाउकोमा कपालको एउटा पनि रौँ बाँकी छैन।
८. म प्राइभेट जेटमा बिश्व भ्रमण गर्न सक्ने हैसियत भएकी मानिस हुँ। तर, आज उपचाररत अस्पतालको गेटसम्म पुग्नका लागि पनि मलाई अरु कसैको सहायता चाहिन्छ।
८. रोजेको स्वादिष्ट भोजनमा रमाउने म। तर, आज दिनमा २ वटा ट्याब्लेट र साँझमा थोरै नुनिलो पानी मात्र मेरो निम्ति खाना भएको छ।
९. आज मेरो लागि बैंक ब्यालेन्स, शानदार घर, महंगो कार, गहना लत्ताकपडा, ब्यापार(आम्दानी, नामको प्रख्याती, नातेदार साथीभाइ आदि केही कोहि काम लाग्दैनन्।
तर मलाई अझै पनि मेरो परिवार, परिवारका सदस्यको प्रेम प्रार्थना, प्यारो लाग्छ। र, सबैभन्दा प्यारो मेरा लागि मृत्यु भएको छ। र, त्यो पनि छिटो मृत्यु अझै धेरै प्यारो हुनेछ।