२०८४ मा गठबन्धन गर्ने कि नगर्ने अहिल्यै निर्णय गर्नुपर्दैन: बद्री पाण्डे

७ श्रावण २०८०, आईतवार १७:५६

काठमाण्डौ, ७ साउन– कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले ०८४ हुने निर्वाचनमा पार्टी एक्लै प्रतिस्पर्धा गर्ने कि गठबन्धन बनाउने अहिले नै निर्णय गर्नुनपर्ने बताएका छन ।

आज (आइतबार) बसेको केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा सहमहामन्त्री पाण्डेले यस्तो बताएका हुन । उनले भने, ‘एक्लै लड्ने कि गठबन्धन गर्ने अहिले निक्र्यौल गर्नुपर्दैन ।

पार्टी बलियो बनाउँदै गयौं भने एक्लै लड्नुपर्ने जनमत छ । पार्टी बनाउनतिर लागौं ।’ संस्थापनइतरका नेता डा। शेखर कोइरालाले यसै बैठकले आगामी निर्वाचनमा गठबन्धन नगर्ने निर्णय गर्नुपर्ने बताएका थिए ।

तर पाण्डेले कोइरालाले भन्दा फरक मत राखेका हुन् । उनले भ्रष्ट्राचार विरुद्ध वर्तमान सरकारले गरेका कामको कांग्रेसले स्वामित्व लिन नसकेको बताएका छन ।

अहिलेको प्रधानमन्त्री कांग्रेसले नै बनाएको भन्दै उनले मन्त्रिपरिषदका कुनै सदस्यले गरेको राम्रो कामको स्वामित्व पनि कांग्रेसले लिनुपर्ने उनले बताएका छन ।