१५० प्रतिशत रहेको सेयर धितो र रियल स्टेट कर्जाको जोखिम भार अब १०० प्रतिशत

७ श्रावण २०८०, आईतवार १७:३४

काठमाण्डौ, ७ साउन– नेपाल राष्ट्र बैंकले यसअघि १५० प्रतिशत रहेको सेयर धितो र रियल स्टेट कर्जाको जोखिम भार घटाएर १०० प्रतिशतमा झारेको छ ।

राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिपछि आयोजना गरेको पत्रकार सम्मेलनमा गर्भनर महाप्रसाद अधिकारीले ५० लाख रुपैयाँसम्मको सेयर धितो कर्जाको जोखिम भार १५० प्रतिशतबाट घटाएर १०० प्रतिशत बनाएको जानकारी दिएका छन ।

मौद्रिक नीतिमा सेयर बजार र घरजग्गामा दिने कर्जामा जोखिम भार पुनरावलोकन गर्ने घोषणा गरिएको उनले बताएका छन ।

यस अघि २५ लाख रुपैयाँसम्मको कर्जामा जोखिम भार १०० प्रतिशत र त्यसभन्दा माथिको कर्जामा १५० प्रतिशत रहेको थियो। सरकारबाट लाइसेन्स लिएर आवासीय घर बनाउने रियल स्टेटमा जोखिम भार १५० बाट १०० मा झारेको र अन्य रियल स्टेटमा जाने कर्जाको जोखिम भार भने १५० प्रतिशत नै यथावत रहेको गर्भनर अधिकारीले जानकारी दिएका छन ।

हायर पर्चेजमा भने २५ लाखसम्मको ऋणको जोखिम भार १५० बाट १०० भारिएको अधिकारीले जानकारी दिएका छन ।