ललिता निवास प्रकरण: नापी विभागका तत्कालीन कर्मचारी श्रेष्ठ पक्राउ

७ श्रावण २०८०, आईतवार १५:१३


काठमाण्डौ, ७ साउन– प्रहरीले ललिता निवास जग्गा प्रकरणमा थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पनर्माे नापी विभागका तत्कालीन कर्मचारी अरुणकुमार श्रेष्ठलाई रहेका छन ।

श्रेष्ठले सरकारी जग्गामा मोही जनाएर जग्गा मोहीको नाममा लैजान भूमिका खेलेको ब्युरोको अनुसन्धानबाट खुलेको केन्द्रीय अनुसन्धान ब्युरोका एसएसपी दिनेश आचार्यले जानकारी दिएका छन ।

यससँगै ललिता निवास प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या अहिलेसम्म १९ जना पुगेको छ ।अदालतको अन्तरिम आदेशले छुटकाहरुलाई पनि सर्वोच्च अदालतले शुक्रवार गरेको आदेशले पक्राउ गर्न बाटो खुलेको छ ।