विदेश भ्रमणमा जाने नेपालीलाई अब २५ सय अमेरिकी डलर सुविधा दिइने

७ श्रावण २०८०, आईतवार १३:५७

काठमाडौं, ७ साउन – विदेश भ्रमणमा जाने नेपालीलाई सहज हुने गरी सरकारले नीति ल्याएको छ ।

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गर्दै डलर सटही सुविधामा उल्लेख्य छूट दिएको हो । भारत बाहेक अन्य मुलुकको भ्रमणमा जाने नेपालीलाई राहदानी सुविधा वापत एक वर्षमा दुई पटकसम्म अब २५ सय अमेरिकी डलर सुविधा दिइएको छ । यसअघि यो सुविधा १५ सय डलर रहेको थियो ।

सरकारले यस वर्षबाट विदेश भ्रमणमा जाने नेपालीबाट २ प्रतिशत वैदेशिक पर्यटन शुल्क लिन सुरु गरेको छ ।