काठमाण्डौ, ७ साउन– नुवाकोट पञ्चकन्या गाउँपालिका–३ का अर्जुन थापाले गैर आवासीय नेपाली संघ ९एनआरएनए० जापानको सचिव पदमा उम्मेदवारी दिएका छन ।
एनआरएनए क्युस्युका निवर्तमान संयोजक थापाले यही जुलाई ३० तारिखमा हुने एनआरएनए जापानको चुनावका लागि शनिबार उम्मेदवारी दर्ता गराएका छन ।
विगत १० वर्षदेखि जापानमा बसोबास गर्दै आएका उनले विधि, विधान र नीतिमा सबलीकरण, पारदर्शी एनआरएनएमा प्रबलीकरण चुनावी नारासमेत अघि सारेका छन ।
सन् २०१६ मा फुकुओका नेपाल सोसाईटीको कार्यसमिति सदस्य, नेपाल जापान फ्रेन्डशिप लायन्स क्लबको संस्थापक अध्यक्ष, लायन्स क्लब नेपाल ३२५ जोन चियर पर्सन, हाम्रो नेपाल हामी नेपालीको अभियान सचिव, नेपाल फेस्टिवल फुकुओकाको सचिव, २०१९–२०२१ एनआरएनए क्युस्यु क्षेत्रीय कार्यसमिति सचिव, नेपाल फेस्टिवल फुकुओका २०२२ संयोजक र २०२१–२०२३ एनआरएनए क्युस्यु क्षेत्रीय कार्यसमिति संयोजक भएर काम गरेका थिए ।
विद्यार्थीकालदेखि नै अरुको हित र सेवामा समर्पित हुँदै आएका उनले पुनस् सामाजिक कार्य गर्ने अवसरका लागि जापानवासी नेपालीमाझ अपिल गर्नुभएको छ ।
