काठमाण्डौ, ७ साउन– पूर्वउपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले सबै कम्युनिष्टहरुलाई एकताबद्ध हुनुपर्ने बताएका छन ।
आज (आइतबार) नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४५ औँ स्मृति दिवसमा कीर्तिपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
उनले समाजवादी मोर्चा बनाउनु राम्रो भए पनि एक–दुई वटा पार्टी मात्रै मिलेर समाजवादको यात्रा पूरा नहुने बताएका छन । उनले नेपालको संविधानले परिकल्पना गरेको लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित समृद्ध समाज, समृद्ध समाजवादको निर्माण कम्युनिस्ट मोर्चाहरू मिलेर मात्रै सम्भव रहेको बताएका छन ।
उनले लोकतान्त्रिक मूल्य, मान्यताको समाजवाद, समृद्ध समाजवादको लागि सबै नेपाली कम्युनिस्टहरू एउटा मोर्चामा आउन जरुरी रहेको बताएका छन ।
उनले समाजवादी मोर्चामा दुई÷तीन वटा पार्टी मात्रै नभई नेकपा एमाले, मोहन वैद्य, लगायतका अन्य छरिएर रहेका कम्युनिस्ट पार्टीहरू एक हुनुपर्ने बताएका छन ।
उनले पुष्पलालले देखेको सपना साकार पार्न कम्युनिस्ट पार्टीहरू एक भएर शक्ति आर्जन गर्नुपर्ने बताएका छन ।
