मोरङका समर्पण कार्की बने मिस्टर नेपाल – २०२३

७ श्रावण २०८०, आईतवार १२:२१

काठमाडौं, ७ साउन – मोरङका समर्पण कार्कीले मिस्टर नेपाल – २०२३ को उपाधि जित्न सफल भएका छन् ।

यस्तै निमेष कपाली फस्ट रनरअप, काभ्रेका कृषल श्रेष्ठ सेकेण्ड रनरअप, चितवनका विजयी दुवाडी थर्ड रनरअप र भक्तपुरका असिम लामिछाने फोर्थ रनरअप घोषित भए ।

शनिबार (हिजो) राति सम्पन्न फिनालेमा विजयी घोषणा गरिएको हो । उक्त अवसरमा १० विधामा सबटाइटलका विजेता घोषणा पनि गरिको थियो । शीर्ष उपाधि जितेका कार्कीले मिस्टर इन्टलेक्चुअल सबटाइटल पनि जितेका छन् ।

मिस्टर पर्सनालिटी निमेष कपाली, मिस्टर ट्यालेन्ट कृषल श्रेष्ठ, पब्लिक च्वाइस विजय दुवाडी, मस्ट फोटोजेनिक असिम लामिछाने, मस्टर पपुलर रामनाथ गिरी, मिस्टर एक्टिभ प्रेमकुमार यादव, बेस्ट स्किन मिराज कार्की, बेस्ट हेयर राजीव तिवारी, मेन्स च्वाइस लोकेश प्राधानांग घोषित भएका छन् ।

फिनालेमा पूर्वमिस नेपाल माल्भिका सुब्बा, अभिनेत्री आँचल शर्मा, आयुष्मान घिमिरे, विश्वकरण जैन, लु लीन, मनिष डंगोल श्रेष्ठ, राजभाइ सुवाल र शैलजा अधिकारी निर्णायकको रुपमा रहेका थिए ।