नेकपा एकीकृत समाजवादी का नेता तथा कार्यकर्ता २० जनाभन्दा बढी एमालेमै फर्किए

६ श्रावण २०८०, शनिबार २०:४६

काठमाडौं, ६ साउन – नेकपा एकीकृत समाजवादी तनहुँ अध्यक्ष श्रीराम कार्की सहित २० जनाभन्दा बढी नेकपा एमाले फर्किएका छन् ।

नेकपा एमाले तनहुँले शुक्रबार आयोजना गरेको पार्टी समाहित कार्यक्रममा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र सचिव गोकर्ण विष्टलगायतले स्वागत गरे ।

कांग्रेसले गठबन्धनबाट टिकट पाउने भएपछि एकीकृत समाजवादी तनहुँका नेताहरू तनहुँ १ को प्रतिनिधिसभा उपनिर्वाचनअघि नै एमाले फर्किएर टिकट लिने र लड्ने योजनामा थिए ।

चैत दोस्रो हप्ता एकीकृत समाजवादी तनहुँका नेता र एमाले उपमहासचिव पृथ्वीसुब्बाबीच भेटघाट भए पनि त्यतिबेला प्रवेश गरेका थिएनन् ।