स्कर्टिङ गरेर फोहोर लैजाने क्रममा सिसडोलमा प्रहरी र स्थानीयबीच झडप

५ श्रावण २०८०, शुक्रबार १७:०२

काठमाण्डौ, ५ साउन– काठमाण्डौं उपत्यकाको फोहोर बञ्चरेडाँडा ल्याण्डफिल साइटमा लैजाने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको छ ।

शहरी विकास मन्त्रालय र काठमाडौं उपत्यकाका स्थानीय तहको अनुरोधमा प्रहरी स्कर्टिङमा फोहोर लैजाने क्रममा स्थानीयले अवरोध गरेपछि सिसडोल क्षेत्रमा झडप भएको स्थानीयहरुले बताएका छन ।

काठमाण्डौंमा फोहोर लोड भएका गाडी लिएर नेपाल प्रहरीले स्कर्टिङमा लगेको फोहोर मैला व्यवस्थापन संघका महासचिव मित्र घिमिरेले जानकारी दिएका छन ।

तर, सिसडोलमै स्थानीयले रोकेपछि प्रहरी र स्थानीयबीच झडप भएको उनले बताएका छन । अहिलेपनि स्थानीयको अवरोधले फोहोरको गाडी अगाडि बढ्न नसकेको घिमिरेले जानकारी दिएका छन ।