नैतिक प्रश्न मात्रै होइन, कानुनी प्रश्न पनि हो: प्रदीप पौडेल

५ श्रावण २०८०, शुक्रबार १५:०२

काठमाडौं, ५ साउन – कांग्रेसका नेता तथा सांसद प्रदीप पौडेलले गणतन्त्रपछि उच्च पदस्थ सबैको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् ।

शुक्रबार (आज) पार्टीको केन्द्रीय समिति बैठकमा बोल्ने क्रममा सांसद पौडेलले भने ‘गणतन्त्रपछि जति पनि भ्रष्टचारका घटना छन्, तिनको छानबिन कांगेसको नेतृत्वमा हुनुपर्दछ । गणतन्त्र पछि उच्च पदस्थ सबैको सम्पत्ति छानबिन गर्ने र त्यो प्रक्रियाको नेतृत्व कांग्रेसले गर्नुपर्दछ ।’

यस्तै भ्रष्टाचारका कारण कांग्रेसका केही नेता अप्ठ्यारोमा परेकाले भ्रष्टचारको भावनाको विषय नभएको पनि बताए । सांसद पौडेलले भने, ‘सिद्धान्तको विषय हो । नैतिक प्रश्न मात्रै होइन, कानुनी प्रश्न पनि हो । जति पनि भ्रष्टचारका घटना छन्, तिनको निष्पक्ष छानबिन गर्नका निम्ति पार्टीले सहयोग गर्नुपर्दछ ।’