गायक प्रकाश सपूतको नयाँ गीत “दमाई महाराज” आज साँझ सार्वजनिक हुदै

५ श्रावण २०८०, शुक्रबार १३:२४

काठमाडौ, ५ साउन – चर्चित गायक, सर्जक तथा मोडेल प्रकाश सपूतको नयाँ गीत “दमाई महाराज” शुक्रबार (आज) साँझ सार्वजनिक हुने भएको छ ।

गायक सपूतले सामाजिक सञ्जालहरुमा जानकारी गराए अनुसार उनको उक्त गीत आज सावर्जनिक हुने भएको हो ।

आज साँझ सार्वजनिक हुने उक्त गीतमा गायक सपूतको र गायिका शान्ता श्री परियारको आवाज रहेको छ भने गायक सपूतले नै शब्द संगीत गरेका छन् । यस्तै गीतमा सुदिप सागरको संगीत संयोजन रहेको छ । गीतको म्यूजिक भिडियोमा अभिन्य गायक सपूत र अन्जली अधिकारीको देख्न सकिने छ ।

गायक सपूतले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् “बोल माया र गल्बन्दी, मेरो व्यवसायिक कलाकारिताको कोशेढुङ्गा त हो नै, त्यो भन्दा पनि मेरो लागि मेरो जिवनकालकै अमुल्य सिर्जनाहरु हो । सोहि बोल माया र गल्बन्दीको अन्तिम अध्याय दमाई महाराज यहि श्रावण ५ गते शुक्रबार आँउदैछ । कथाका हिसाबले यो अन्तिम भाग हो तर विषयका हिसाबले यो नयाँ शुरुवात हो ।”

गायक सपूतका यसअघि गीतहरु “बोल माया, गलबन्दी, पिर, फूलमाया” उनको सफल गीतहरुमा पर्छन् । यस्तै उनले नेपाली चलचित्र “प्रदेशी २” मा पनि मुख्य भूमिकामा अभिन्य गरेका छन् ।