महामन्त्रीले प्रस्तुत गरेको प्रतिवेदन एनजिओको विसलिस्ट जस्तो भयो: आरजु राणा

५ श्रावण २०८०, शुक्रबार १३:००


काठमाण्डौ, ५ साउन– कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले महामन्त्रीले प्रस्तुत गरेको प्रतिवेदन एनजीओको विसलिस्ट जस्तो भएको दाबी गरेकी छन ।

उनले महामन्त्रीको प्रतिवेदन भनेपछि राजनीतिक दस्तावेज आउला भन्नेि ठानेकोमा त्यो केवल एनजीओको विसलिस्टजस्तो भएको बताएकी छन ।

उनले भनिन्, ‘यसपटक महामन्त्रीको प्रतिवेदनमा कुनै राजनीतिक दस्तावेज आउँछ होला भन्नेर सोचेको थिएँ। त्यो एक एनजीओको विसलिस्ट जस्तो लाग्यो।

कार्यक्रम धेरै गर्ने अनि त्यसको रिजल्टचाहीँ के त रु योभन्दा दुई तीनवटा उपलब्धिमुलक कार्यक्रम गरौं र त्यो परिणाममुखी बनाऔं।’ उनले पार्टीले आफ्नो दिशा तय गर्नुपर्नेसमेत बताएकी छन्।

राणाले थपिन्, ‘हामी सुशासनका लागि कति तयार छौं। म प्रधानमन्त्रीको धर्मपत्नीग रहेर के रहेछ भनेर बुझ्दा हाम्रा पार्टीबाट मन्त्रीहरु हुने र उहाँहरुको सिक्दासिक्दै कार्यकाल सकिने देखिन्छ।’

उनले पार्टीको घोषणापत्रसँग सरकारको नीति र नियमहरु कहाँ मेल खान्छ भनेर हेर्नुपर्ने र त्यहीअनुसार कार्यक्रम गर्नुपर्ने बताएकी छन । उनले क्रियाशील लिनुअघि प्रशिक्षण दिएर मात्र सदस्यता अप्रुभ गर्नुपर्ने बताएकी छन ।

उनले नयाँ पार्टीले सदस्यता बढायो भनेर त्यसको पछि दौडिन आवश्यक नभएको टिप्णी गरेकी छन । उनले महिलाहरुका लागि निर्वाचन क्षेत्र छुट्याउनुपर्ने समेत बताएकी छन ।