दीपक मल्होत्रा भन्छन् नियोजित रुपमा मेरो र व्यवसायिक प्रतिष्ठामा आंच पुर्याउने दुरासय भयो

५ श्रावण २०८०, शुक्रबार ११:१७

काठमाडौं, ५ साउन– त्रिभुवन विमानस्थलमा समातिएको सुनमा आफ्नो कुनै सारोकार नभएको भन्दै नियोजित रुपमा मेरो र व्यवसायिक प्रतिष्ठामा आंच पुर्याउने दुरासय भएको व्यवसायी दीपक मल्होत्राले बताएका छन्।

बिहीबार (हिजो) पत्रकार सम्मेलन गरी त्रिभुवन विमानस्थल भन्सारबाट छिराएर बुधबार बरामद भएको एक क्विन्टल सुन प्रकरणमा आफ्नो नाम जोडिएपछि उनले बताएका हुन्।

यस्तै विमानस्थल भन्सार जाँचपास भएर बाहिरिएको सुनमा आफ्नो कुनै संलन्नता नरहेको व्यवसायी मल्होत्राले बताए। मिडियामा फोटोसहित उक्त सुनमा आफ्नो हात रहेको भन्दै समाचार आएकोमा त्यसमा कुनै सत्यता नभएको समेत उनले बताए।

पत्रकार सम्मेलनमा उनले भने, ‘म र मेरो परिवार सहितको व्यापार व्यवसाय नेपालको कानुन बमोजिम काम भैरहेको छ, आफ्नो सम्पूर्ण व्यापार व्यवसायको आम्दानीको विवरण सरकारी निकायमा बुझाएको छु।’

उनले दोस्रो व्यक्तिलाई प्रयोग गरी व्यापार व्यवसाय नगरेको बताए। सञ्चार माध्यममा उल्लेख गरिएका कुनैपनि व्यक्तिसँग सम्बन्ध र चिनजान समेत नभएको मल्होत्राले दाबी गरेका छन्।

व्यवसायिक जीवनलाई क्षति पुग्नेगरी आफूविरुद्ध समाचार आएकोमा उनले आपत्ति जनाए। उनले सुन ल्याउने गिरोहलाई उम्काउनका लागि आफ्नो नाम जोडिएको आशंका व्यक्त गरिएका छन् । तर, सुन आयात गर्ने व्यक्तिसँग आफ्नो कुनै चिनजान नरहेको मल्होत्राले बताए ।

उनले भने, ‘मेरो सबै व्यवसायिक कारोबारहरू कानूनी निकायमा दर्ता छन् र वैध छन् । म र मेरो परिवारले प्रत्यक्ष वा परोक्षरूपमा गैरकानूनी कारोबा गरेको छैन । सुन आयात गर्न मसम्बद्ध कुनै माध्यमबाट भुक्तानी भएको छैन ।’