काठमाडडौं, ३ साउन – सप्तकोशी नदी किनारमा भएको ग्याङ फाइटमा तीनजना युवतीलाई कुटपिट गरेको अरोपमा थप दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पक्राउ पर्नेमा बराहक्षेत्र ८ सैनिकटोल निवासी दुर्गा राई र सोही स्थानकी बिनिता उराउ रहेका छन्। असार २९ गते सुनसरी बराहक्षेत्र–९ (टोल राजाबास) स्थित चिहान डाँडाको कोशी किनारमा १९ वर्षिया मनिषा राईसहित तीनजनाले प्रमिलाई कुरा लगाइदिएर बेईज्जत गरेको भन्ने आरोप लगाएर तीन जना युवतीलाई ५ जनाले कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो ।
बराहक्षेत्र १० प्रकाशपुकी १९ वर्षिया प्रीती लिम्बुलाई घटना भएकै दिन पक्राउ गरि अभद्र व्यबहार अन्तरगत मुद्या चलाएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनामा संलग्न दुई जना भने अझै फरार रहेका छन् ।
