कुशलको अलराउन्ड प्रदर्शनमा यूएई ए माथि नेपालको जित

३ श्रावण २०८०, बुधबार १६:५६

काठमाण्डौ, ३ असार– एसीसी इमर्जिङ टिम्स एसिया कपको आज बुधबार भएको समूहगत चरणको खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको आफ्नो अन्तिम खेलमा नेपालले तीन विकेटले विजयी भएको छ ।

नेपालले युएईले दिएको १५८ रनको लक्ष्य ७ विकेटको क्षतिमा २३ ओभरमा पूरा गरेको हो । नेपालको जितमा कुशल भुर्तेलले अर्धशतक प्रहार गरे। उनले ४३ बलमा ९ चौका र ४ छक्काको मद्दतमा ७१ रन जोडे ।

अर्का ओपनर अर्जन साउद भने डकआउट भएका थिए। नेपालका लागि देव खनाल र सन्दीप जोराले २४९२४ रन जोडे। कप्तान रोहित पौडेल ९ रन, गुल्सन झा ११ रन र पवन सर्राफ शून्यमा आउट भए।

प्रतिश जिसीले ३ बलमा नटआउट ८ रन जोडे। बलिङमा युएईका फराजुद्दिनले ५ विकेट लिए।त्यसअघि श्रीलंकाको कोलम्बोस्थित सारा ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको युएई ४४ ओभरमा १५७ रनमा अलआउट भएको थीयो।