काठमाण्डौ, ३ असार– काठमाडौं सिनामंगलको खोटाङ हलेँसी ज्वेलर्समा बम भन्दै शंकास्पद वस्तु राख्ने युवालाई प्रहरीले पक्राउ गरेको छ ।
बुधबार (आज) बिहान सिनामंगलको खोटाङ हलेँसी ज्वेलर्स अगाडि शंकास्पद वस्तु भेटिएको थियो । बम भन्दै शंकास्पद वस्तु राख्ने रौतहटका २८ वर्षीय खजन्ती पासवानलाई प्रहरीले पक्राउ गरेको छ।
उनलाई प्रहरीले सिसिटिभी फुटेजका आधारमा पक्राउ गरेको हो। घटनास्थलमा नेपाल उत्थान क्रान्किारी पार्टीको नामबाट पर्चा समेत भेटिएको थियो।
