काठमाण्डौ, ३ असार– प्र्रहरीले काठमाण्डौँको सिनामंगलमा शङ्कास्पद वस्तु फेला पारेको छ । माठमाण्डौको सिनामंगल स्थित खोटाङ हलेसी ज्वेलर्स अगाडी शङ्कास्पद बस्तु राखेको आरोपमा प्रहरीले एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रौतहट घर भएका २८ वर्षीय खजन्ती पासवान रहेका छन । प्रहरीले सिसिटिभी फुटेजका आधारमा पासवानलाई पक्राउ गरिएको एसपी सिताराम रिजालले जानकारी दिएका छन ।
यद्यपि शङ्कास्पद बस्तुमा बम भने नभएको प्रहरीले बताएको छ । घटनास्थलमा नेपाल क्रान्तिकारी पार्टीको पर्चा पनि भेटिएको प्रहरीले बताएको छ ।
