काठमाडौं, ३ साउन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तोषिमा कार्कीलाई नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ले सामाजिक सञ्जालमा गाली गरेका छन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नि सीता दाहालको मृत्युपछि सांसद तोषिमाले संवेदनहिन टिप्पणी गरेको भन्दै आलोचना भईरहेका बेला सापकोटा पनि उनीमाथि जाई लागेका हुन।
सापकोटाले फेसबुक मार्फत कार्कीलाई मनमा आएजती र जाने जति सवै गाली लेखेका छन्। उनले तोषिमा जस्ती कसैका छोरी, बुहारी, दिदी बहिनी, आमा र संगिनी नपरुन भनेका छन् । यस्तै उनी जस्ता मान्छेसँग बाटोमा भेट पनि नहोस भननेर पनि कामना गरेका छन्।
‘कसैका छोरी तपाईजस्तो नहोउन्, बुहारी नपरुन्, तपाईजस्तो आमा कसैलाई नपरोस्, संगिनी त पर्नै भएन, साथि नपरुन्, यस्तो निच सोचका दीदी बिहनिसँग कसरी थाप्नु भाईटिका– तपाईजस्ता दीदीबहिनी नजन्मिउन् । बाटोमा भेटै हुन नपरोस् । र अन्तिममा तोषिमा जि तपाईजस्तो संमवेदनाहिन मानिस यो संसारमा कोही नहोउन्, नजन्मिउन् ।’
प्रधानमन्त्री दाहाल पत्नी सीता दाहालको निधनमा श्रद्धाञ्जली दिन पुगेकी तोषिमाले दिएको अभिव्यक्तिसम्बन्धी सार्वजनिक भिडियो क्लिप्समा उनले ‘आफ्नै श्रीमतीलाई त समय दिन सक्नु भएन अथवा हेरचाह गर्न सक्नु भएन भने राष्ट्रका लागि के गर्नु होला त ?’ भन्दै प्रश्न गरेकी थिइन्।
यस्तै उनले भनेकी छन्, “आफ्नै श्रीमतीलाई त समय दिन सक्नु भएन अथवा हेरचाह गर्न सक्नुभएन भने राष्ट्रका लागि के गर्नु होला त ? भन्ने प्रश्नहरु पनि आउन सक्छन् । श्रीमानहरु गुमाएका, श्रीमतीहरु गुमाएका छोराछोरी गुमाएका ती तमाम आम नागरिकको दुखलाई पनि उहाँले सम्झनुपर्छ ।”

